काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोल टोलीले दर्शकहरुसँग नाचेर होली मनाएका छन् ।
राजधानीको सिनामंगल र गोंगबुमा कार्यक्रमको आयोजना गर्दै उनीहरुले दर्शकहरुसँग होली मनाएका हुन् । होली विशेष कार्यक्रममा कुमार कट्टेल (जिक्रि), अर्जुन घिमिरे (पाँडे), हरिस निरौला (कक्रोज), सागर लामीछिने (बले) लगायत सम्र्पूण टोली सहभागी थिए ।
उक्त कार्यक्रममा अहिले चर्चामा रहेको आई लभ यु गीतको गायिका इन्दिरा जोशी र गायक सरोज ओली पनि उपस्थित थिए ।
उनीहरुले गाएको आई लभ यु बोलको गीतमा हाँस्य टेलिश्रृंखला भद्रगोलका सम्पूर्ण कलाकारको साथमा दर्शकहरु समेत झुमेका छन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया