१ कार्तिक २०८३, शनिबार

विमानस्थलमा शक्तिशाली बम विस्फोट, कम्तिमा ११ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brussels-airportएजेन्सी, ९ चैत । बेल्जियमको ब्रसेल्सस्थित विमानस्थलमा आज दुई वटा बम विस्फोट भएका छन् ।

विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सामाजिक सञ्जालमा विमानस्थलमा धुँवाको मुस्लो निस्केको तस्वीरहरु सार्वजनिक भए पनि विमानस्थलमा कसले र किन विस्फोट गराएको भन्ने विस्तृत विवरण नआइसकेको बीबीसीले जनाएको छ ।

विस्फोटमा केही यात्र घाइते भएको र विमानस्थलका सिसा फुटेको बताइएको छ । पेरिस हमलाका मुख्य अभियुक्त ब्रसेल्सबाट पक्राउ परेको चार दिनपछि विमानस्थलमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोट भएपछि विमानस्थल बन्द गरिएको छ ।