३१ आश्विन २०८३, शनिबार

बाबुराम एकाएक फिल्मको नायक बन्नेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lal Jodi Nepali Movi– राजेन्द्र आचार्य

चितवन । हास्य टेलिचलचित्रका लोकप्रिय पात्र चर्चित हास्य कलाकार ज्योति काफ्ले (नक्कली बाबुराम) अबदेखि नायकको रुपमा समेत देख्न पाइने भएको छ ।

‘लालजोडी’ चलचित्रमा प्रमुख अभिनेताको रुपमा डेब्यु गर्दै नक्कली बाबुरामलाई नायकको रुपमा समेत देख्न पाइने भएको हो ।

मेरी बास्सै र तितो सत्यमा नक्कली बाबुराम भट्टराई र के.पी ओलीको भूमिकामा देखिने चर्चित हास्य कलाका काफ्ले ‘लालजोडी’ चलचित्रमार्फत पहिलो पटक नायक भएका हुन् । हास्य बिधामा आधारित चलचित्रमा उनीसहित सम्पूर्ण कलाकारहरु हास्य सिरियलका छन् । ‘यो मेरो ठूलो फड्को हो’, नव नायक काफ्ले भने, ‘अब नायक भएर अभिनय गर्दा पनि त्यतिकै माया पाउने छु ।’

काफ्लेलाई चलचित्रमा नायिकाद्वय रजनी के.सी. र आयुष्मा कार्कीले साथ दिएका छन् ।

साथमा बुद्धि तामाङ (हैट), गोबिन्द कोइराला (जयेन्ते), पुरन थापा, सिपी पौडेल, मधुसुदन पौडेल (ए हो ठिकैछ), यादव पुडासैनी, ज्याक श्रेष्ठ आदिको अभिनय हेर्न पाइनेछ ।

चलचित्र आगामी २०७३ सालको भदौ १७ गते शुक्रबार देशैभरि एकसाथ लाग्ने फिल्मका निर्देशक लक्ष्मण सुवेदीले जनाएका छन् । चलचित्रमा एउटा रमाइलो गीतमा स्वयम् नक्कली बाबुरामको पनि स्वर सुन्न सकिनेछ ।

पूर्ण हास्य विधामा आधारित चलचित्रमा रोमान्स, गीतसङ्गीत अनि द्वन्द्वको पनि भरपुर मनोरन्जन लिन सकिनेछ । चलचित्रलाई सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्माण र निर्देशन गरेका हुन् ।

चलचित्रमा द्वन्द्व अष्ट महर्जन, छाँयाकन रामेश्वर कार्की, र नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।