३१ आश्विन २०८३, शनिबार

अर्चना पनेरुलाई पाँच घण्टापछि प्रहरीले छाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Archana-Paneru

पोखरा । अनुमति नलिएरै फिल्म शुटिङ गरेको भन्दै पक्राउ परेकी मोडल अर्चना पनेरु र निर्देशक राजु गिरीसहित जिस्म फिल्म युनिटलाई प्रहरीले पाँच घण्टापछि छाडेको छ ।

पोखरा–१८ खाल्टे मसिनामा छायांकन भइरहेकोे फिल्म युनिटका निर्देशक राजु गिरीसमेत ९ जनालाई सोमबार दिउँसो कास्की प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि चलचित्र विकास बोर्डबाट निर्माण अनुमति नलिएरै फिल्म शुटिङ गरेको अरोप लागेको थियो ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिनपछि हाजिर हुन आउने शर्तमा अर्चनासहित सबैलाई छाडेको हो ।