३१ आश्विन २०८३, शनिबार

‘पोर्नस्टार’ अर्चना पनेरु पोखरामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोर्नस्टार बनेरै छाड्ने उद्देश्यका साथ कला क्षेत्रमा लागिरहेकी किशोरी अर्चना पनेरुलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको हो ।

उनीसहित शुटिङ भइरहेको फिल्म ‘जिस्म’को युनिटलाई पोखरामा प्रहरीले समातेको हो । निर्माण ईजाजत बिना नै छायाँकनमा गएको भन्दै उनीहरु सबैलाई पक्राउ गरिएको हो ।

चलचित्र विकास वोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखरामा सुटिङको क्रममा रहेको राजु गिरी निर्देशित फिल्म युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निर्देशक गिरीसहित लिड कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरुसहितको सम्पूर्ण युनिटलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय राम्जामा राखिएको छ ।

पोर्नस्टारको अभ्यासमा नग्न फोटो सार्वजनिक गरेको भन्दै यसअघि कञ्चनपुर प्रहरीले अर्चनालाई नियन्त्रणमा लिएको थियो ।