३१ आश्विन २०८३, शनिबार

अख्तियारले सीईओ सुशील ज्ञवालीलाई कदापि नछाड्ने, के गरे त्यस्तो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Gyawali CEOकाठमाडौं, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीमाथि भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान थालेको छ ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले नगर विकास कोषको कार्यकारी निर्देशक हुँदा ज्ञवालीले कोषको रकमको बाँडफाँट र सार्वजनिक खरिदमा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमाथि आयोगले अन्तिम चरणको छानबिन गरिरहेको जानकारी दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

पुष्करका अनुसार ज्ञवालीले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भइसकेपछि भूकम्पपीडितको विस्तृत सर्भे गर्ने काम कानुनविपरीत तजबिजी ढंगले एनजीओलाई दिँदासमेत अनियमितता गरेको भनी परेको उजुरीमा समेत अख्तियारले छानबिन थालेको छ ।

उनले भुकम्पबाट क्षति भएका निजी घरहरुको बिस्तृत सर्वेक्षणका लागि एमाले निकट स्वास्थ्य अनुसन्धान तथा समाजिक विकास मन्च नामक गैर सरकारी संस्थालाई जिम्मेवारी दिएका थिए ।

उक्त संस्थाले सर्वेक्षणका लागि इन्जिनियर छनौछ गर्ने, तालिम दिने, सर्वेक्षणका लागि आबश्यक सामाग्रीहरु उपलब्ध गराउने काम गर्ने गरी सम्झौता भएको हो ।

करिब १४ सय प्राबिधिकहरु उक्त संस्थाले परिचालन गरी सर्वेको काम गराइरहेको छ ।