काठमाडौं, ७ चैत । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमणबारे रुखो टिप्पणी गरेका छन् ।
भारत नजिकको भनेर चिनिदै आएका बाबुरामले प्रधानमन्त्री केपी शर्मा ओलीको टोली चीन उडेलगत्तै समाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश लेख्दै भ्रमणलाई अशोभनीय भनेर आलोचना गरेका छन् ।
उनले भनेका छन्- ‘आज चैत्र ७ गतेबाट शुरू भएको प्रम ओलीको चीन भ्रमण शुभ रहोस, सफल रहोस । परन्तु भूकम्प र नाकाबन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै संचालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिं अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो है ।’
यसअघि आफ्नो कार्यकालमा बाबुरामले प्रधानमन्त्रीको हैसियतमा चीनको भ्रमणमा गरेका थिए ।















प्रतिक्रिया