काभ्रे, ७ चैत । काभ्रेमा एक्कासी गोली पड्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कासिखण्ड नगरपालिका–२ स्थित सल्लेनी फुलबारी जंगलमा सोही ठाउँ बस्ने २० वर्षीय अरुण लामा र १९ वर्षीय प्रतिष लामा शनिबार कालिज मार्न जंगलमा गएकोमा बाघलाई देखि दुवै जना भाग्ने क्रममा अरुणले लिएको हतियारबाट एक्कासी गोली पड्किएर प्रतिषको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
गोली प्रहार गर्ने अरुणलाई प्रहरीले बन्दुकसहित पक्राउ गरी यस समबन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया