२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री केपी ओली चीन प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी ओली साताव्यापी चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओली बिहान एघार बजेको उठानबाट चीन प्रस्थान गर्नुभएको हो । उहाँका साथ पत्नी राधिका शाक्यका साथै मन्त्री र उच्च अधिकारहरू रहेका छन् ।

भ्रमण दलमा प्रधानमन्त्रीका अतिरिक्त, प्रधानमन्त्री पत्नी, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रमका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल तथा सम्बन्धित मन्त्रालयका सचिवहरु पनि सामेल हुनुहुनेछ । भ्रमणदलमा सांसदहरु पनि सहभागी हुनुहुनेछ भने व्यापारिक समुदाय पनि सामेल हुनेछ ।

प्रधानमन्त्रीले चैत ८ गते चिनियाँ समकक्षीसँग ग्रेट हल अफ दि पिपुलमा वार्ता गर्नुहुनेछ भने सोही दिन चिनियाँ राष्ट्रपति सि जिनपिङसँग पनि भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका प्रमूख यु झेङसेङसंग पनि भेट गर्नुहुनेछ ।