३१ आश्विन २०८३, शनिबार

सानोबाबुको स्वरान्तर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sworantarकाठमाडौं । सानोबाबु महर्जनको एकल स्वर रहेको एल्बम स्वरान्तर सार्वजनिक गरिएको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रममा संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार दुर्गालाल श्रेष्ठ ,संगीतज्ञ धनबहादुर गोपाली, संगीतकार जुगल ढंगोललगायतले एल्बम सामूहिक रुपमा सार्वजनिक गरे ।

कार्यक्रममा कुलपति सरुभक्तले पछिल्लो समय गीत संगीतको व्यवसाय धरासायी हुँदै गएको बताउँदै यसलाई श्रष्टाहरूले बचाउनु पर्ने बेला आएको बताए । उनले एल्बम स्वरान्तर नाम जस्तै भएको प्रशंसा गर्दै एल्बमले संगीतको बजारलाई टेवा पुराउने धारणा अगाडि सारे ।

कार्यक्रममा गीतकार दुर्गालाल श्रेष्ठ, संगीतज्ञ धनबहादुर गोपाली, संगीतकार जुगल ढंगोललगायतले एल्बम सफलताको लागि शुभकामना दिए ।

जुगल डंगोलको एकल संगीत रहेको एल्बममा भेट्न पनि बहाना चाहिने….., अन्मिएर गयौँ तिमी……, म त मायामा जलेको मान्छे……, जीवन नाम तट सुन्दर……., जननी जन्मभूमिश्च……लगायत बोलका पाँच गीत रहेका छन् ।

जसमा शब्द डा.कृष्णहरि बराल, उमेश पौडेल, सुनिल संगम, दुर्गालाल श्रेष्ठ, धनश्याम श्रेष्ठका छन् ।