काठमाडौं । अभिनेत्री श्वेता खड्काबाल विवाह तथा दाइजो प्रथाविरुद्धको राष्ट्रिय अभियानमा सद्भावना दूत नियुक्त भएकी छिन् ।
दूत नियुक्त भएलगत्तै श्वेताले बाल विवाह तथा दाइजो प्रथाको अन्त्यका लागि आफूले आवाज उठाउने बताएकी छिन् ।
अभिनेत्री श्वेतालाई एउटा एनजिओले सद्भावना दूत बनाएको हो । यो अभियानमा संलग्न भएपछि श्वेता पनि एनजिओकर्मी भएकी छिन् ।
‘विवाहपछि छोरीले नेपाली समाजमा भोग्दै आएका सामाजिक कुरीतिका बारेमा खुलेर लाग्नुपर्छ’, उनले भनिन्, ‘बाल विवाह तथा दाइजो प्रथा उन्मुलन गर्न मैले सक्दो भूमिमा खेल्नेछु ।’
छोरा र छोरीमा सम्पतिमा रहेको असमान हक, दाइजो प्रथा र बाल विवाहको विरोध गर्ने श्वेताले उल्लेख गरेकी छिन् ।















प्रतिक्रिया