३१ आश्विन २०८३, शनिबार

जेलमा सञ्जयदत्तः विहानै परिवारलाई सम्झेर धरधरी रुन्थेँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjay-Datt

मुम्बई । जेलबाट छुटेको एक महिनापछि बलिउड अभिनेता सञ्जय दत्तले जेलमा आफूले भोगेका दुःख र पीडाहरु सार्वजनिक गरेका छन् ।

भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै सञ्जयले जेलमा आफू सधै परिवारलाई सम्झेर रुन्थेँ भनेका छन् । अवैधानिक हतियार राखेको अभियोगमा जेल परेका उनले सुरक्षाका कारण आफूलाई एक्लै राखिएको र प्रत्येक बिहान ६ बजे उठेर परिवारलाई सम्झेर रुने गरेको बताए ।

‘जेलमा मेरो कोही साथी थिएन । विहानै उठेर रुन्थेँ । केही शारीरिक कसरतपछि नुहाइधुवाई गरेर शिव पुराण, गणेश पुराण, महाभारत, भागवद्गीता र रामायण पाठ गर्थेें । अर्थात् म त पूर्णरुपले पण्डित बनेको थिएँ । एक वर्षसम्म मैले चनाको दाल खाएँ । त्यहाँ खानाको रुपमा सब्जी र ‘राजगिरा’ दिइन्थ्यो । त्यो चिज मैले जेलमै पुगेर सुनेको र खाएको थिएँ । त्यहाँको खाना यस्तो थियो कि बाख्रा, गोरु या गधालाई दिँदा पनि खान्थेन होला ।’ उनले खुलासा गरे ।

बाहिर धेरैलाई मलाई भिआइपी व्यवहार गरिन्छ भन्ने लागेको तर जेलभित्र मलाई साह्रै नराम्रो व्यवहार गरिन्थ्यो भनेर उनले बताएका छन् ।