
गठबन्धनको यो कार्यक्रमलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् । विशेष गरेर गठबन्धनका आलोचकहरूले चीनविरुद्धको आन्दोलनका रुपमा लिएको आरोप छ । तर गठबन्धनले यो आरोपलाई मान्न तयार छैन । सदभावना पार्टीका महासचिव मनीषकुमार सुमनले आफूहरूको आन्दोलन विशुद्ध राजनीतिक र अधिकारको लडाइँ भएकाले कुनै छिमेकी मुलुकविरुद्ध संघर्ष हुनै नसक्ने बताउनु हुन्छ । ‘सरकारसँग हाम्रो आन्तरिक लडाइँ हो । संघीय गठबन्धनको आन्दोलन कुनै मुलुकविरुद्ध होइन’, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओली भारत जाने बेला कुनै पनि विरोध प्रदर्शन नगरेको संघीय गठबन्धनले चीन जाने बेला एकाएक विरोधका कार्यक्रम सार्वजनिक गरेपछि विभिन्न खालका प्रश्नहरू उब्जिएका हुन् । संघीय गठबन्धनले चीनविरुद्ध आन्दोलन सुरू गरेको हो कि भनेर टिकाटिप्पणी भएका छन् ।















प्रतिक्रिया