
काठमाडौं । एनआरएनसँग इंगेजमेन्ट गरेको खबरले चर्चामा आएकी नायिका शिल्पा पोखरेलले अदालत जाने चेतावनी दिएकी छन् ।
आफ्नो एक अन्तर्वार्ताका क्रममा उनले बिबाह र इंगेजमेन्टको बारेमा गलत चर्चा भएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाइन् । उनले भनिन्- ‘बिनोद कार्की नाम गरेका युवकसंग केही वर्षपहिला बिबाहको कुरा चलेको थियो । उहाँले बिदेश जानुपर्ने र फिल्मलाइन छोड्नुपर्ने र सँगै बस्नुपर्ने शर्त राखेपछि मैले अस्वीकार गरे । यो च्याप्टर त्यही बेला क्लोज भइसक्यो । अहिले किन समाचार आयो । यो मेरो चरित्र हत्या गर्ने प्रयास हो ।’
उनले सम्पर्क नै नगरी केही अनलाइन मिडियाले विवाहबारे गलत हल्ला फैलाएको भन्दै आफ्नो करियर डामाडोल भएको र चरित्र हत्याको प्रयास भएको आरोप लगाइन् । उनले भनिन्- ‘फस्र्टमा मैले रिक्वेस्ट गरेकी छु । यो मेरो चरित्रसँग जोडिएको कुरा हो । नभए मैले अदालत जानुपर्छ ।’
नायिका शिल्पाले अझै केही बर्ष फिल्म इन्डष्ट्रीमा नै बिताउने आफ्नो चाहना रहेको तत्कालै विहे नगर्ने घोषणा गरिन् । ‘मलाई आफ्ना साथी भेट्ने फुर्सद त छैन् । अनि कसरी व्वाईफ्रेण्ड बनाउने र विहे गर्नेबारे सोच्न सक्छु ?’ उनले प्रश्न गरिन् ।
हेर्नुस् भिडियोः
भिडियो सौजन्यः न्यूज ट्वान्टीफोर ।















प्रतिक्रिया