३१ आश्विन २०८३, शनिबार

महामन्त्री हारेका गगनलाई सभापति थापालाई देउवाको आकर्षक पद !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Thapa-Deuba

काठमाडौं, ३ चैत । १३ औं महाधिवेशनमा महामन्त्री पदमा हारेका युवा नेता गगन थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले आकर्षक पदको प्रस्ताव राखेका छन् ।

आज कार्यभार सम्हाल्न लागेका देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुका साथै पार्टी प्रवक्ताको प्रस्ताव गरेको सम्बद्ध स्रोतले जनाएको छ ।

विपी पुत्र सशांक कोइरालासँग महामन्त्री हारेका गगन अहिले गुमनाम जस्तै छन् । प्रतिभा भएपनि अवसर नपाएका बेला उनलाई देउवाले पार्टी प्रवक्ता बन्न प्रस्ताव गरेका हुन् । यसअघि स्व. सुशील कोइराला सभापति रहदा नेता दिलेन्द्र बडु पार्टी प्रवक्ता थिए ।

यसैगरी देउवाले गगनसहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्त गर्दैछन् ।