नयाँदिल्ली । बालिवुडका चर्चित अभिनेता अमिताभ बच्चन केही दिनदेखि नयाँदिल्लीमा छन् । उनी नयाँदिल्लीका सडकमा पैदल हिँड्न गरे पनि कसैले चिन्ने गरेका छैनन् ।
आफू बसेको घरबाट बाहिर निस्कने बेला अमिताभ बच्चनले पूरै मुख छोपिने ठूलो मास्क लगाउने गरेका छन् । उनले चस्मा पनि लगाउने गरेका छ । सोही कारण उनलाई समर्थकहरूले नचिनेका हुन् ।
अमिताभ बच्चन शूजित सरकारको फिल्म शूटिङका लागि नयाँदिल्लीमा छन् । फिल्मको शूटिङ धमाधम चलिरहेको छ । शूटिङबाट केही समय फुर्सद हुनेवित्तिकै अमिताभ बच्च घुम्न निस्कने गरेको समाचारमा जनाइएको छ ।
नयाँदिल्लीका केही आफ्ना तस्बिर उनले सामाजिक सञ्जालबाट सार्वजनिक पनि गरेका छन् । तस्बिरमा खाकी रंगको पतलून, कमिज र आफ्नो आधा मुख छोपिएको देखिएको छ ।
‘यो नकाबको कमाल छ । भीडभाड वाला दिल्लीमा मलाई कसैले आँखा उठाएर पनि हेरेनन् । कसैले मलाई चिनेनन् । यसले समानता देखाउँछ’, अमिताभले भनेका छन् ।
राष्ट्रिय पुरस्कार विजेता बांगाल फिल्माका निर्देशक अनिरुद्ध राय चौधरीले हिन्दी भाषामा सामाजिक थ्रिलर फिल्म बनाउँदै छन् । फिल्मको नाम तय नभए पनि फिल्म भने धमाधम शूटिङ भइरहेको छ । एजेन्सी















प्रतिक्रिया