१ कार्तिक २०८३, शनिबार

अमेरिकालाई हाइड्रोजन बमले उडाइदिने उत्तर कोरियाको चेतावनी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North_Korea-1000x0एजेन्सी, १ चैत । उत्तर कोरियाले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाइदिने चेतावनी दिएको छ ।

उत्तर कोरियाको अफिसियल मिडिया डिपीआरकेलाई उदृत गर्दै वासिङ्टन पोस्टले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको जनाएको हो ।

उत्तर कोरियाले हाइड्रोजन बम ब्यालेस्टिक मिसाइलमार्फत् छाड्ने हो भने न्यूयोर्कको म्यानहट्टन ध्वस्त हुनुका साथै सबै मानिसको मृत्यु हुने र पुरै शहर क्षणभरमै खरानीमा परिणत हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।