१ कार्तिक २०८३, शनिबार

मध्यरातमा शक्तिशाली विस्फोट, ३४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkey-bisfotएजेन्सी, १ चैत । टर्कीको राजधानी अंकारामा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । सवारी साधनको चाप रहेको क्षेत्रमा गराइएको विस्फोटमा अन्य १ सय २५ जनाभन्दा बढी घाइते भएका छन् ।

विस्फोटका क्रममा दुई जना आक्रमणकारीकोसमेत मृत्यु भएको बताइएको छ । मध्यरातमा भएको विस्फोटको आवाज पुरै शहरमा सुनिएको थियो ।

आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । तर समाचार संस्था रोयटर्सले भने सुरक्षा अधिकारीलाई उदृत गर्दै गैरकानुनी घोषित गरिएको कुर्दिस्तान वर्कर्स पार्टी वा त्यससँग सम्बद्ध समूहले आक्रमण गरेको हुनसक्ने जनाएको छ ।

टर्कीमा गत महिना पनि बम आक्रमण भएको थियो । त्यस क्रममा ३० जनाको मृत्यु भएको थियो ।