
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नयाँ शक्ति अभियानमा ठूलै पद पाएको खुलासा भएको छ ।
प्रवेश गरेको तीन महिना नपुग्दै करिष्मालाई बढुवा गर्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले ठूलो पदहरुको मध्येको एक पदको जिम्मेवारी दिएको हो ।
स्रोतका अनुसार घोषणा हुनेबेला नै ३५ सदस्यीय केन्द्रीय अन्तरिम परिषदमा अटाएकी करिश्मालाई अन्तरिम केन्द्रीय परिषद्को सचिवालयमा बढुवा गरिएको हो ।
आफू नियुक्त भएपछि करिश्मा आइतबार बसेको सचिवालयको बैठकमा सहभागी थिइन् । नयाँ शक्ति अभियानले पुस १० मा पहिलोपटक आफ्नो ३५ सदस्यीय अन्तरिम परिषद घोषणा गरेको थियो ।















प्रतिक्रिया