१ कार्तिक २०८३, शनिबार

सांसदसहित १५८ यात्रु चढेको विमानबारे आयो यस्तो दुःखद खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Air-India

काठमाडौं, २८ फागुन । नेपालमा लगातार भएका विमान दुर्घटनाले सर्वसाधारणलाई त्रसित बनाइदिदा विमानबारे एउटा अर्काे दुःखद खबर आएको छ ।

उक्त विमानमा चर्चित कम्युनिष्ट सांसद पनि सवार थिए । घटना हो नयाँ दिल्लीको । जहाँको दिल्ली एयरपोर्टबाट तिरुवन्तपुरम जान लागेको एयर इन्डियाको विमानमा चालक दलका सदस्यहरु बीच नै झडप भएको छ ।

उक्त झडपले विमानभित्र भागाभाग नै भएको थियो भने निर्धारित समयभन्दा दुई घण्टा ढिलो उडेको थियो ।

विमानमा सांसदका अतिरिक्त सुरक्षा अधिकारी तथा सरकारी उच्च कर्मचारी समेत सवार थिए । बिहीबार साँझ भएको सो घटनापछि एयर इन्डियाले विवादमा संलग्न चालक दलका दुई सदस्यलाई निलम्बन गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चालक दलका एक पुरुष र एक महिला सदस्यबीच भएको विवाद झडपको अवस्थामा पुगेको थियो । विमानमा १५८ यात्री प्रवेश गरिसकेको अवस्थामा सो घटना भएको बताइन्छ ।

सो विमानमा भारतीय कम्यूनिस्ट पार्टी मार्क्सवादीका सांसद प्रकाश कराँतसहित १६ सरकारी उच्च कर्मचारी सवार थिए ।

विवाद हुनुअघि विमानस्थलबाट जहाज नउडेकाले ठूलो दुर्घटनाबाट बचेको समाचारमा जनाइएको छ ।