३१ आश्विन २०८३, शनिबार

प्रिती जिन्टाले लुकेर विहे गर्नुको पोल खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

www.hdnicewallpapers.com

मुम्बई । बलिउडकी चर्चित अभिनेत्री प्रिती जिन्टाले विहे गरेको खबर दुई सातापछि पुष्टि भएको छ ।

यो खबरलाई प्रितीले नै स्वीकार गरेकी छिन् । विवाहलाई गुपचुप राख्न प्रितीले लस एन्जलसमा रहेका प्रेमी जीन गुडइनफसँग सुटुक्क सुटुक्क बिहे गरेकी थिइन् । तर, मिडियाले सुइको पाएर बाहिर ल्याएका थिए । त्यसलाई उनले सुरुमा अस्वीकार पनि गरेकी थिइन् ।

तर, सोमबार आफ्नो सामाजिक सञ्जालको प्रयोग गर्दै प्रितीले जोडीको फोटोसहित स्टाटस लेखेकी छन्, ‘अहिलेसम्म मैले मिस ट्यागलाई बचाइराखें । तर जब मैले गुडइनफ कोही भेटें तर म पनि विवाहित क्लब ज्वाइन गरें ।’

प्रितीले विवाहको शुभकामना दिनेप्रति आभार व्यक्त गरेकी छिन् । यसअघि पनि उनको विवाहको मितिबारे अनेकन खबर आएपछि उनी रिसाएकी थिइन् ।

उनले आमाको दबाबका कारण लुकेर विहे गरेको खुलाएकी छिन् । ४१ वर्षीया प्रितीले एक अन्तर्वार्तामा भनेकी छन्- ‘निश्चय पनि मैले यसै वर्ष गर्ने गरी विवाहको योजना बनाइरहेकी थिएँ । कथम् कदाचित मेरा लागि नभए पनि आमाका लागि भए पनि ।’

त्यसो त गुडइनफसँग विवाहका लागि प्रितीलाई पनि उनैकी आमाले राजी गराएकी रहिछन्, ‘आमाले सधैं बिहे कहिले के कहिले के भनेर हैरान पारिराख्नुभएको थियो । त्यसैले पनि यो विवाह चाँडो भयो । नत्र म सम्बन्ध लुकाउने पक्षमा हैन ।’