काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।
पछिल्लो मतपरिणामअनुसार कोषाध्यक्षमा संस्थापन समूहकी सितादेवी यादव र देउवा समूहकी चित्रालेखा यादवबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
दुबै नेतृ मधेसका हुन् । पछिल्लो मतपरिणाम अनुसार चित्रलेखा सितादेवीभन्दा एक मतले पछाडी परेकी छिन् । चित्रलेखाले ९३० मत प्राप्त गरेकी छिन् भने सितादेवीले ९३१ मत प्राप्त गरेकी छिन् ।















प्रतिक्रिया