३१ आश्विन २०८३, शनिबार

कोषाध्यक्षमा फेरि सितादेवीको अग्रता, १० मतले पछाडी परिन चित्रालेखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sita-debi-chitralekhaकाठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ ।

पछिल्लो मतपरिणाम अनुसार कोषाध्यक्षमा रामचन्द्र पौडेल प्यानलकी सितादेवी यादवले अग्रता लिएकी छिन् । उनले ६२७ मत प्राप्त गरेकी छिन् । सितादेवीले सुरुदेखिनै अग्रता लिएपछि बीचमा शेरबहादुर देउवा प्यानलकी चित्रलेखा यादवले अग्रता लिएकी थिइन् ।

पछिल्लो मतपरिणाअनुसार चित्रलेखाले ६१७ मत प्राप्त गरेकी छिन् । जून सितादेवीभनदा १० मत कम हो ।

महामन्त्रीमा भने शशांक कोइरालाको निरन्तर अग्रता कायम छ ।