
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार युवा नेता गगन थापाले तीन सय मत कटाएका छन् । महामन्त्रीका उम्मेदवारमध्ये तेस्रो स्थानमा रहेका थापाले झण्डै १८ सय मतगणना हुँदा ३४६ मत प्राप्त गर्न सफल भएका हुन् ।
महामन्त्रीमा शशांक कोइरालाको अग्रता कायमै छ । पछिल्लो मतपरिणाम अनुसार शशांकले ७९४ मत प्राप्त गरेका छन् भने गगनका ससुरा अर्जुननरसिह केसीले ५८९ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया