३१ आश्विन २०८३, शनिबार

महामन्त्रीमा शशांक एक सय मतले अगाडि, गगनलाई थोरै मत (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-sanepa-matgana

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत महामन्त्री र कोषाध्यक्षका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो मतपरिणाअनुसार महामन्त्रीमा शशांक कोइरालाले सय मतको अग्रता लिएका छन् । १३ सय मत गणना भइसक्दा उनले ५६७ मत प्राप्त गरेका छन् ।

यसैगरी अर्जुननरसिंह केसी दोस्रो स्थानमा यथावत रहँदै ४१८ मत प्राप्त गरेका छन् ।

सबैभन्दा पुछारमा रहँदै युवा नेता गगन थापाले २६९ मत प्राप्त गरेका छन् ।

यो मतपरिणामअनुसार गगन शशांक भन्दा झण्डै दुई सय मतले पछाडी परेका छन् ।

कोषाध्यक्षमा चित्रालेखा यादवले अग्रता लिएकी छिन् । उनले ४ सय मत प्राप्त गरेकी छिन् ।

यसैगरी सितादेवी यादवले ३६९, उमाकान्त चौधरी १४५ र कृष्ण कार्कीले २७ मत प्राप्त गरेका छन् ।