३१ आश्विन २०८३, शनिबार

योजना पुरीलाई मन ठूलो भएको चाहियो… कोही छ आधार दिने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogana-puri

काठमाडौं । सञ्चारकर्मी तथा गायिका योजना पुरीले आफ्नो दोस्रो एल्बममा राखिने एक गीतको भिडियो सार्वजनिक गरेकी छन् ।

‘घर होइन मन ठूलो भएको, हीराको हार होइन मीठो प्यार दिने खोजिरहे छु कोही भेटिन्छ कि यो मनलाई आधार दिने’ गीतको भिडियो उनले सार्वजनिक गरेकी हुन् । गीतमा संगीत हांस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको शब्द र संगीत तथा ओम सुनारको संगीत संयोजन रहेको छ ।

पीएनपी मिडियाको प्रस्तुतिमा बनेको यो भिडियोमा स्वयम् गायिकाले अभिनय गरेकी छन् । भिडियोको निर्देशन रायन कार्कीले गरेका छन् । भिडियोमा राजेश राउतको सिनेम्याटोग्राफी रहेको छ भने यसको सम्पादन दीपक विष्टले गरेका छन् । म्युजिक भिडियोको छायांकन पुल्चोक र चोभारमा गरिएको छ ।

हेर्नुस् भिडियोः