
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रुपमा निम्त्याइएका भारतीय जनता पार्टी (बिजेपी)का वरिष्ठ नेता भगतसिंह कोस्यारी नेपाल सन्दर्भमा महत्वपूर्ण नेता हुन् ।
नेपालका राजनीतिक नेताहरुसँग व्यक्तिगत सम्बन्ध भएका र नेपाल मामिलाका विज्ञसमेत रहेकाले भारतले कोस्यारीलाई हालै गठन गरिएको विज्ञ समूहको जिम्मेवारीसमेत दिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका नेता पनि हुन् ।
नेपाल बसाईमा उनले सार्वजनिक जानकारी दिएर राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबै प्रमुख दलका नेताहरुसँग भेट गरेर नेपाल-भारत सम्बन्धलाई सुधार्न के कस्ता प्रयास गर्नुपर्छ भन्नेबारे छलफल पनि गरे । तर, पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं कांग्रेसको महाधिवेशनमा आएको बहाना गरेर उनले नेपालका पूर्वराजा ज्ञानेन्द्रसँग गोप्य भेटवार्ता पनि गरे ।
सार्वजनिक जानकारीमा रहेर नेपालका राजनीतिज्ञहरुसँग गरेको भेटमा उनले वर्तमान सरकार र संविधानप्रति असन्तुष्टि जनाएको बुझियो । सबै दलका नेतालाई मधेस आन्दोलन नेपालको आन्तरिक मामिला हो भने पनि उनले प्रदेशको सीमांकनमा चासो देखाए ।
उनको अर्को चासोको विषय हिन्दू धर्म पनि थियो । अहिलेको संविधान युरोपियन प्रभावमा बनेकाले ८० प्रतिशत हिन्दू भएको देशमा धर्मनिरपेक्षता कहाँबाट आयो भन्ने जिज्ञासा पनि छ । यी प्रश्नको जवाफमा पूर्वराजा ज्ञानेन्द्र समय फर्किने बताएका थिए । दृष्टि साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया