३१ आश्विन २०८३, शनिबार

यी हुन संस्थापनका सबैभन्दा खतरनाक ‘दुश्मन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Sher Bahader Deuba

– विमल योगी

पौडेलका कुशल सारथी र सहयोगी नेताहरू नहुँदा मुखैमा आएको गास गुमेको छ । १३औँ महाधिवेशनमा संस्थापनकै बढी प्रतिनिधि थिए । तर त्यसलाई समयमा व्यवस्थापन गर्न संस्थापन चुकेको छ । यसको प्रतिफल पौडेल समूहले पाइसकेको छ । पौडेललाई हराउन उनकै समूहका कृष्णप्रसाद सिटौला र गगन थापा सक्रिय भएर मैदानमा उत्रिए । सिटौला र थापालाई जे आरोप र आक्षेप लगाए पनि यसको मुल जड अहिलेलाई होइन यसअघि आफूले रोपेको वृक्षलाई ध्यान दिनुपर्छ । त्यो सानो वृक्षले अहिले आफ्नो आकार लिएको छ । र देखाइ दिएको छ । यति मात्रै होइन प्रभावशाली नेता खुमबहादुर खड्काले पनि देउवालाई समर्थन गरे । मानेपनि नमाने पनि खड्कासँग थोरै भए पनि कार्यकर्ता छन् । खड्का कार्यकर्ता संरक्षण गर्ने अब्बल नेतामा पर्छन् । अर्जुन नरसिंह केसी, फरमुल्लाह मन्सुसर, विश्वप्रकाश शर्मा, केशव बुढाथोकी, चन्द्र भण्डारी आदिको सहयोगले पनि देउवालाई जित्न सहज भइदियो ।