मुम्बई । बलिउड नायिका बिपाशा बसुले आफ्नो विहे हुन लागेको भनेर आएका समाचारप्रति आक्रोश प्रकट गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो विहे हुन लागेको भनेर आएका समाचारको खण्डन गरेकी हुन् ।
कलाकार करणसिंह ग्रोवरसँग बिपाशाको विहे हुन लागेको समाचार भारतीय सञ्चारमाध्यमहरूले छापेका थिए । बिपाशाले आफ्नो अँगुलामा हीराको औँठी लगाएको देखेपछि पत्रकारहरूले विहे हुन लागेको भनेर समाचार लेखेका थिए ।
‘मेरो विहेको घोषणा मलाई गर्न दिनुपर्छ । कुर्नुपर्छ । कृपया बेमत्लवका कुरा नगर्नु होला’, बिपाशाले आफ्नो ट्वीटमा भनेकी छिन् । बिपाशाले आफ्नो विषयमा भ्रामक समाचार नलेख्न पत्रकारहरूसँग आग्रह गरेकी छिन् । एजेन्सी















प्रतिक्रिया