३१ आश्विन २०८३, शनिबार

फेरि भिड्दै शाहरुख र सलमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-srkमुम्बई । लामो समयदेखि दुष्मनीमा रहेपनि पछिल्लो छोटो समयमा फेरि सम्बन्ध सामान्य बनाउँदै मित्रतामा परिणत गरेका बलिउड नायक सलमान खान र शाहरुख खान भिड्ने निश्चित भएको छ ।

उनीहरु ब्यक्तिगत रुपमा भन्दा पनि आफ्नो फिल्मको कारणले आमने सामने भएका हुन ।

शाहरुख अभिनित फिल्म ‘रइस’ को रिलिज डेट ईदमा तय गरिएको छ । यसको पुष्टि रइसका निर्माता रितेश सिधवानीले गरिसकेका छन ।
यसअघि हरेक वर्षको ईदमा सिनेमा रिलिज गरेर सफलता समेत हात पार्दै आएका सलमान खानको फिल्म सुल्तानको रिलिज डेट पनि सोही समयमा तय गरिएको छ ।

केही समयदेखिको राम्रो मित्रताका कारण उनीहरु मध्ये एकले डेट सार्ने सम्भावना रहेपनि अहिलेसम्म त्यस्तो अभिब्यक्ति दिएका छैनन ।

बलिउड बक्स अफिसमा दुई फिल्मको कडा टक्कर हुने निश्चित जस्तै छ । यसरि फिल्म जुध्दा कारोवार तीस प्रतिशत प्रभावित हुने छ ।