१५ कार्तिक २०८३, आइतबार

मिर्लुङ रतनपुरमा ऐतिहासिक पुनर्मिलन समारोह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tanahu

तनहुँ, २४ फागुन । तनहुँ जिल्लाको मिर्लुङ गाविस १ रतनपुरका स्थानीय बासिन्दाहरुले ऐतिहासिक पुर्नमिलन समारोह गरेका छन् ।

रतनपुर २२ घर स्थायी घर भएर बिभिन्न कालखण्डमा जन्मभूमि बाहिर रहेका, विवाह गरेर अन्यत्र गएका दिदिवहिनीहरु र स्थायी रुपमा नै अन्यन्त्र बसाई सराई गरेका दाजुभाईहरुका वीचमा पहिलोपटक ऐतिहासिक पुनर्मिलन समारोह गरिएको हो ।

वाइसघर मिलिजुली महिला समुहको आयोजना तथा जनकल्याणकोष रतनपुर वाइसघरको व्यवस्थापनमा गरिएको पुर्नमिलन समारोहमा काठमाण्डौ, चितवन, गोरखा, लम्जुङ, कास्की, धादिङ, नुवाकोट, कञ्चनपुर लगायतका जिल्लामा रहेका आफन्तहरु भेला भएका थिए ।

वाइसघर मिलिजुली महिला समुहकी अध्यक्ष कल्पना पन्तको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि डा. बिष्णुहरि पण्डित रहेका थिए । कार्यक्रममा समाजसेवी उत्तम प्रकाश पण्डितले कार्यक्रमको उदेश्यका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै बिभिन्न समयमा एउटै धाराको पानी खाएका, एउटै सन्धिसर्पनमा खेलेर हुर्किएका, एउटै विधालय पढेका दाजुभाई तथा दिदिवहिनीहरुका वीचमा कयौ बर्ष पछि भेटघाटको अवसर सिर्जना गर्दा हर्षका आशु आएको वताए ।

कार्यक्रममा बोल्दै अर्का समाजसेवी यादव प्रसाद पण्डितले अव गाउघर छाँडेर बिभिन्न स्थानमा गएकाहरुलाई गाँउ फर्कन आग्रह गर्दै सस्तो दरमा घडेरीको व्यवस्थापन गर्ने वताए ।

कार्यक्रममा रतनपुर –चितवन मिलन समाजका सुवास पण्डित, रतनपुर- काठमाण्डौ मिलन समाजका उपाध्यक्ष, सन्तोष पण्डित, पूर्व सहसेनानी उपेन्द्र पन्त, शिव पन्त, नेपाली काँग्रेस मिर्लूङ गाउ समितीका सभापति चिरञ्जीवि ढकाल, स्वीस नागरिक हेन्स पिटर, समाजसेवी दामोदर शर्मा, तेज बहादुर पन्त, सूर्य पण्डित, प्रकाश पण्डित, दुर्गा पण्डित, श्याम पन्त लगायतले समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानुपर्नेमा जोड दिए ।

निकै लामो समयपछि एक आपसमा भेट भएका दिदिबहिनीहरु रमाएर एक आपसमा अंकमाल गर्दै नाँचगान गरेको दृश्यले निकै ह्दयस्पर्शी देखिन्थे ।

सो अवसरमा वाइसघरको बिकास र समाजसेवा योगदान गरेका उत्तम प्रकाश पण्डित र शिव पन्तलाई सम्मान गरिएको थियो । यस्तै, ७० बर्ष उमेर पार गरेका १७ जनालाई सम्मान पनि गरिएको थियो ।

वाइसघर मिलिजुली महिला समुहले निर्माण गरेको मन्दिरमा डा. बिष्णुहरी पण्डितले सहयोग स्वरुप दिएको गजुर राख्ने तथा हाल कतारमा रहेका उत्तम पण्डितले आफ्नो आमाको स्मृतीमा दिएको वसाहाको प्रतिस्थापनको कार्य समेत सोही अवसरमा गरिएको छ ।

यस्तै, रतनपुर काठमाण्डौ मिलन समाजले स्थानिय अर्चले युवा क्वलले आयोजना गरेको भलिवल प्रतियोगिताका लागि खेलकुद समाग्रीको हस्तान्तरण कार्यक्रम पनि गरिएको छ । स्थानिय शान्ता भुजेल देउजाले आफ्नो स्वर्गीय हजुर आमाको स्मृतीमा निर्माण गरिदिएको सडकपेटीको समेत उद्घाटन गरीएको छ ।