
झलारी, २४ फागुन । एकीकृत नेकपा माओवादीको सहायक संगठन योङ कम्यूनिस्ट लिग नेपाल (वाइसीएल) कञ्चनपुरको जिल्ला संयोजकमा प्रकाश तामाङ चयन भएका छन् ।
कलुवापुरमा सम्पन्न वाइसीएल कञ्चनपुरको भेलाले तामाङको संयोजकत्वमा २९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

विभिन्न विषयमा छलफल भएको भेलाले चैत्र १५ गतेभित्र गाविस र नगरपालिकामा वाइसीएल सम्मेलन गरी चैत्र २४ र २५ गते वाइसीएल नेपाल कञ्चनपुरको प्रथम जिल्ला सम्मेलन महेन्द्रनगरमा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य अर्जुन साउँदले बताए ।
उनका अनुसार भेलाले राष्ट्रिय स्वाधिनताको पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै भष्टाचारी, कालोबजारी, घुसखोरी, तस्करी तथा माफियाको विरुद्धमा विभिन्न संर्घषका कार्यक्रम सञ्चाल गर्न तयारी गर्ने निर्णय गरेको छ ।

भेलामा वाइसीएलका केन्द्रीय सचिव नरेन्द्र तिमिल्सेना ‘क्रान्ति’, वाइसीएलका केन्द्रीय सदस्य अर्जुन साउँद, एकीकृत नेकपा माओवादी कञ्चनपुरका जिल्ला सचिव खेमराज पाण्डेय, झलारीपिपलाडी नगर इन्चार्ज लोकेन्द्र ऐरी लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया