३१ आश्विन २०८३, शनिबार

शेरबहादुर देउवालाई ठूलो झट्का, देउवा र पौडेलबीच फेरि चुनाव, अब के होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bhadur-Deuba

– विमल योगी

काठमाडौँ, २४ फागुन । ११ भोट मात्र नपुगेपछि शेरबहादुर देउवाले काँग्रेस सभापति बन्ने अवसर गुमाएका छन् । देउवाले झिनो मतले बहुमत ल्याउन नसकेपछि सभापतिमा फेरि चुनाव हुने भएको छ । सभापति पदका लागि आइतबार भएको मतगणनामा देउवाले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसक्दा पहिलो चरणमै सभापति बन्ने अवसर गुमाएका हुन् । सभापतिमा निर्वाचित हुन नसकेपनि पहिलो चरणमा उनी पहिलो भए ।

३ हजार १ सय ४७ मत खसेकोमा सभापति जित्न कुनै पनि उम्मेदवारले १५७५ मत ल्याउनुपर्दथ्यो । ११ भोटका कारण देउवा सभापति बन्न पाएनन् । देउवाले १५६४ मत मात्र पाए ।

सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले  ३२४ मत पाए । अब देउवा र पौडेलका बीचमा मात्र चुनाव हुनेछ ।

अब सिटौलाको मत निर्णायक

सभापतिको पहिलो चरणको चुनावमा तेस्रो बनेका कृष्ण सिटौलाको मत भने अब निर्णायक हुनेछ । सिटौलाले जसलाई सहयोग गर्छन् उही सभापति हुने सम्भावना बलियो देखिएको छ । मतपरिणाम हेर्दा सिटौला नउठेको भए पौडेलले सजिलै रुपमा चुनाव जित्थे । सिटौलाको सहयोग पाएमा अब पौडेल पनि सभापति हुने सम्भावना बलियो छ । देउवालाई भने पहिलो चरणको तुलनामा भन्दा दोस्रो चरणमा झनै अप्ठेरो पर्ने देखिएको छ ।

आजै मतदान

कुनै पनि उम्मेदवारले बहमुत ल्याउन नसकेपछि काँग्रेस सभापतिका लागि देउवा र पौडेलबीच आजै दोस्रो चरणको चुनाव हुने भएको छ । त्यसका लागि आजै मतदान हुने काँग्रेस स्रोतले जनाएको छ ।