
– विमल योगी
काठमाडौँ, २४ फागुन। काँग्रेस सभापतिमा शेरबहादुर देउवा जितको नजिक पुगेका छन् ।
अहिलेसम्मको मतगणनामा देउवाले निरन्तर रुपमा अग्रता लिएका छन् । २७०० मतगणना भइसक्दासम्म शेरबहादुर देउवाले १४८५ मत पाएका छन् भने रामचन्द्र पौडेलले ११०९ मत पाएका छन्। यसैगरी, कृष्ण सिटौलाले ३१६ मत पाएका छन् । सभापतिमा जित्नका लागि देउवाले कुल मतको ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । मतपरिणाममा ३१ सय मत खसेको थियो ।
जित्नका लागि देउवाले अझै ९० मत ल्याउनुपर्नेछ । त्यसो नभएमा देउवा र पौडेलबीच फेरि चुनाव हुनेछ ।
अपडेटका लागि तल क्लिक गर्नुहोस् ।















प्रतिक्रिया