
काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको जारी मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार मध्यरातिबाट सुरु भएको मतगणनामा देउवाले सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेललाई पछि पारेका छन्।
यस्तो छ पछिल्लो अपडेटः
शेरबहादुर देउवा : 781
रामचन्द्र पौडेल : 540
कृष्ण सिटौला : 147
राष्ट्रिय सभागृहको बाल्कोनीमा तीन समूह बनाएर मतगणना भइरहेको छ । मत गन्नका लागि ३० जना कर्मचारीहरु खटिएका छन् । मतगणनास्थलमा काँग्रेसका थुप्रै नेता तथा शुभेच्छुकहरु रहेका छन्।















प्रतिक्रिया