३१ आश्विन २०८३, शनिबार

कांग्रेसमा ३० जनाको विवाद अझै मिलेन, मतपेटिका रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

election-840x405

– विमल योगी
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा प्रतिनिधि विवाद नमिल्दा मतगणना प्रभावित भएको छ ।

राति १० बजेबाट सभापति पदको मतगणना गर्ने भनिएपनि अहिलेसम्म हुन सकेको छैन् ।

पार्टी सभापति सुशील कोइरालाद्धारा मनोनित ३० जना प्रतिनिधिलाई भोट हाल्न दिने कि नदिने भन्ने विषयमा विवाद हुँदा मतगणनामा ढिलाइ भएको हो ।

यसैक्रममा मतदान गर्न नपाएका ३० जना प्रतिनिधि पार्टी कार्यालय सानेपातर्फ लग्न गाडीमा राखिएको मतपेटिका बाहिर निकालेका छन् । उनीहरुले आफूहरुले मतदान गर्न नपाएसम्म कुनै कार्यक्रम अगाडि बढाउन नदिने चेतावनी दिएका छन् ।

राष्ट्रियसभा गृहमा भर्खरै सकिएको मतदानका तीन वटा आरक्षण, प्रदेश र खुल्ला गरेर ६ वटा मतपेटिका प्रहरीको भ्यानमा सानेपा लैजाने तयारी गरिएको थियो ।

यस्तो छ मतदानमा भाग लिन नपाउने मनोनित तीस प्रतिनिधिको नामावली

१) खिलराज पाण्डे, रुपन्देही

२) रामसुख यादव, धनुषा

३) दुर्गाप्रसाद फलारा, डोटी

४) भोजराज भट्ट, डडेलधुरा

५) उषा कार्की, संखुवसभा

६) शिवधारी यादव, धनुषा

७) पुरुषोतम् बस्नेत, सोलुखुम्बु

८) तीर्थराज ढंगोल, काठमाडौं

९) ऋषिकेश तिवारी पर्वत

१०) गोविन्दराज जोशी, कैलाली

११) लक्ष्मिनारायण शाह, बाँके

१२) सीताराम भण्डारी, महोत्तरी

१३) बासुदेबशरण कोइराला, सर्लाही

१४) मोहनकुमार मागेमा, धनुषा

१५) पिताम्बर बढू, गोरखा

१६) चिनबहादुर आले, तनहुँ

१७) गोबिन्द धिताल, लम्जुङ

१८) प्रमोद रिमाल, नुवाकोट

१९) पुरन चन्द्र लेखक, बैतडी

२०) कुसुकुमार न्यौपाने, पर्वत

२१) शोभा थापा, लम्जुङ

२२) शालिकराम सिंह, महोत्तरी

२३) परि न्यौपाने पर्वत

२४) भवानी चन्द , कञ्चनपुर

२५) दिलमानसिंह चन्द, सल्यान

२६) हरिसचन्द्र शाह, रुकुम

२७) विष्णु वास्तोला कञ्चनपुर

२८) सिताराम केसी, काठमाडौं

२९) उमेश पौडेल, चितवन

३०) दिपेन्द्रबहादुर बम, बैतडी