काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आइतबार भएको मतदान सकिएको छ ।
मतदानस्थल राष्ट्रियसभा गृहबाट अहिले मतपेटिका केन्द्रीय कार्यालय सानेपातर्फ लगिएको छ । तीन वटा आरक्षण, प्रदेश र खुल्ला गरेर ६ वटा मतपेटिका प्रहरीको भ्यानमा सानेपा लगिएको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानका।प् दिए ।
उनका अनुसार भतदान गर्न नपाएका ३० जना प्रतिनिधिबारे अझै विवाद यथावत छ ।
सभापति पदका लागि भएको मतदानको मतगणना भने केही समयपछि राष्ट्रियसभा गृहमै सुरु हुने त्यहाँ रहेका हाम्रा सहकर्मी विम योगीले बताए ।















प्रतिक्रिया