– जीवन डाँगी
रोल्पा, २३ फागुन । आईतबार दिउसो हल्का बर्षा सँगै परेको चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाईते भएका छन् ।
जुगार गाविस वडा नं. ९ जाबल निवासी वर्ष २८का नरसिंह डाँगीको चट्याङ लागेर ज्यान गएको हो । आफ्नै घरमा दिउसो करिब साढे १ बजेतिर चट्याङ पर्दा डाँगीको घटनास्थलमै ज्यान गएकोे जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । उनका ६ वर्षीय छोरा भने सामान्य घाइते भएको समेत प्रहरीले जनाएको छ ।
चट्याङपछि घर आगलागी हुँदा घरमा रहेका सबै सामान जलेर पूर्ण रुपमा नस्ट भएका छन् ।












प्रतिक्रिया