१५ कार्तिक २०८३, आइतबार

स्याङजामा बाबुले छोरी पनि छाडेनन्, शारीरिक सम्बन्ध राखेर फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeस्याङजा, २३ फागुन । नेपाली समाजले पचाउन नसक्ने घटना स्याङजा जिल्लामा भएको छ । जहाँ बाबुले आफ्नी छोरीको इज्जत लुटे ।

आफनै छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा बिर्घा–६ बस्ने ३३ बर्षीय सुनुवार थरका बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ती व्यक्तिले शुक्रबार आफ्नै १० बर्षीया छोरीलाई जवरजस्ती करणी गरी फरार भएको खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले उनलाई पाल्पा दैलाथुम भन्ने स्थानबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।