१५ कार्तिक २०८३, आइतबार

बढुवा भएका प्रहरी इन्सपेक्टरदेखि डीआईजीसम्मले पाए दर्ज्यानी चिन्ह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-baduwa (2)

काठमाडौँ, २३ फागुन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हालै पदोन्नती हुनु भएका प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्धारा शुसोभन गर्नुभयो ।

नेपाल सरकार (माननीय गृहमन्त्रीस्तर) को फागुन १९ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षक र नेपाल सरकार गृहमन्त्रालय (सचिवस्तर) को फागुन १९ गतेको निर्णयानुसार प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्हद्धारा शुसोभन गरिएको हो ।

प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका प्रहरी अधिकृतहरुलाई बधाई दिदै आगामी दिनमा संगठनले अझ बढी योगदानको अपेक्षा राखेको बताउनुभयो । पदको सिमितताका कारणले बढुवा प्रकृयामा व्यवसायीक क्षमतावान व्यक्तिहरु पनि छुटने टिप्पणी गर्नुभयो ।

Nepal-Police-baduwa (3)

कसैको पनि निगाहा वा कृपाको आधारमा नभई पदोन्नती नियमित प्रकृया भएकोले संगठनको नीति र मापदण्डको आधारमा एवं प्रहरी कर्मचारीको क्षमता, योगदान र सेवाको उचित मूल्यांकन गरी बढुवा गरिएको बताउनुभयो । प्रहरी कर्मचारीको कामको मूल्यांकन गरी बढुवा प्रदान गरिने बताउदै बढुवा प्रणालीलाई थप व्यवस्थित गर्दै लैजान संगठन सधै क्रियाशिल रहेको समेत बताउनुभयो ।

प्रहरी महानिरीक्षक अर्यालल प्रहरी कर्मचारीले सुरक्षासंग सम्बन्धीत चुनौतीलाई सामना गर्न बढी भन्दा बढी व्यवसायिकता देखाउन जरुरी रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीले आफ्नो सोच, बिचार एवं कार्यशैलीमा सकारात्मक परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

दर्ज्यानी चिन्हद्धारा सुशोभित हुनुहुनेहरुमा प्राविधिकतर्फका प्रहरी नायव महानिरीक्षकहरु शिला कंसाकार (कार्की) र डा. राजीव सुव्वा तथा प्रहरी वरिष्ठ उपरीक्षक २, प्रहरी उपरीक्षक १५, प्राविधिक प्रहरी नायव उपरीक्षक ६ जना र प्राविधिक प्रहरी निरीक्षक ४ जना गरी २९ जना अधिकृतहरु हुनुहुन्छ । ३३ जना प्रहरी अधिकृतहरु पदोन्नती हुनुभएकोमा १ जना प्रहरी वरिष्ठ उपरीक्षक, २ जना प्रहरी उपरीक्षक र १ जना प्रहरी नायव उपरीक्षक हाल युएन मिसनमा कार्यरत रहनुभएको छ ।

Nepal-Police-baduwa (1)

पदोन्नती हुनुभएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रहरी नायव महानिरीक्षक शिला कंसाकार (कार्की) ले प्रहरी संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।