१५ कार्तिक २०८३, आइतबार

अपहरण गरी फिरौती माग्ने लिम्बू पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

सुरुङ्गा (झापा), १६ फागुन । झापाका अलैँची व्यवसायी सुनिलकुमार विन्दलाई अपहरण गरी फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धरमपुर–२ निवासी ३९ वर्षीय सञ्जय कुरुङ्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बूलाई आज नै जिल्ला अदालत झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

गत वर्ष माघ १८ गते अग्रवालकै साथी बजरङ्ग पन्सारी अग्रवाल र लिम्बूसहितले अलैँची व्यवसायी सुनिललाई अपहरण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न पन्सारीलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो भने लिम्बू फरार थिए ।

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी लिम्बूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । रासस