१५ कार्तिक २०८३, आइतबार

तराई-पहाड घुम्न नेताहरुलाई पूर्वराष्ट्रपतिको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran-Yadav

काठमाडौँ, १६ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रमुख दलका नेता–कार्यकर्ताले हिमाल, पहाड र तराई–मधेसको भ्रमण गरेमा संविधान निर्माणपछिको जटिलता अन्त्य हुन सघाउ पुग्ने बताउनुभएको छ ।

नेपाल अध्ययन केन्द्रले सञ्चालन गरेको अनलाइन न्युज पोर्टल ‘रिडर्स नेपाल’ आज यहाँ सार्वजनिक गर्दै उहाँले बिपी कोइराला, मनमोहन अधिकारी आदि पहिलेका नेता हिमाल, पहाड र तराईका गाउँ गाउँमा घुमेर राष्ट्रिय एकता मजबुत पार्ने गरेको दृष्टान्त दिँदै अहिलेका नेताले त्यसो नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिलेका नेता तराई–पहाड सबै पैदलै घुम्नुहुन्थ्यो, तर अहिले मधेसको नेता पहाड जाँदैन, पहाडको नेता मधेस जान सक्दैन ।”

राष्ट्रपति डा यादवले धेरैतिरको असन्तुष्टि सम्बोधन गर्दै जसरी भए पनि संविधान निर्माण गर्नुपरेको बाध्यता बताउँदै आवश्यकताअनुसार यसलाई सुधार्दै लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

अनलाइन पत्रिकाका सल्लाहकार तथा नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले देशको सार्वजनिक नीतिबारे निरन्तर छलफल चलाउने माध्यम ‘नेपाल रिडर्स’ हुने बताउनुभयो । केन्द्रका अध्यक्ष एवम् सम्पादक कोमल भट्टराईले संसारका हरेक कुनाका नेपालीलाई एकै ठाउँमा जोड्दै आर्थिक विकासको बहस चलाउने उद्देश्यले अनलाइन खोलिएको जानकारी दिनुभयो । रासस