१५ कार्तिक २०८३, आइतबार

कांग्रेसमा शशांकको नेतृत्वमा अर्काे समिति, काम तीव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shashanka Koirala

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै गर्दा गठन गरिएका समितिले आफ्ना तयारी तीव्र पारेका छन् ।

महाधिवेशन सफल बनाउन कामको बाँडफाँट गरी १३ समिति गठन गरिएका छन् । महाधिवेशनमा स्वास्थ्यको व्यवस्थापन गर्न काँग्रेस, स्वास्थ्य विभाग प्रमुख शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको स्वास्थ्य समितिले काम तीव्र पारेको समितिका सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेशनका लागि देशभरबाट तीन हजार १८१ प्रतिनिधिका लागि स्वास्थ्य शिविर राखिने र तिनको सामान्य स्वास्थ्य परीक्षणको व्यवस्था गरिने छ । उहाँले भन्नुभयो—‘‘हामीले सहभागी हुन आउने प्रतिनिधिका लागि स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको पनि व्यवस्था गर्नेछौँ, त्यस बाहेक महाधिवेशनका समयमा आकस्मिक स्वास्थ्य समस्या परेका १० भन्दा बढी एम्बुलेन्स कार्यक्रमस्थलमा व्यवस्था मिलाउने छौँ ।’’ रासस