१५ कार्तिक २०८३, आइतबार

एभरेष्टमा बालकले गरे आत्महत्या, कारण के हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

evresta

– विकाश पराजुली
बुटवल, १६ फागुन । बुटवल १० सुख्खानगरमा स्थित एभरेष्ट उच्च माविमा पढ्ने छात्र अनिल कुमार चौधरीले बाथरुममा पासो लगाएर आत्महत्या गरेको घटनाको यथार्थमा कसैले चासो देखाएको छैन् ।

फागुन १४ गते छात्रावासमा बस्ने अनिलले सिरकको खोल च्यातेर पासो बाथरुममा पासो लगाएका थिए । होस्टलमा बस्दै आएका १४ बर्षीय चौधरी १४ गते राति ११ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए ।

घटना घटेको ३ दिन वितिसक्दा पनि के कारणले आत्महत्या गरेको भन्नेमा कसैले पनि चासो नदेखाउँदा घटनाको यथार्थता बाहिर आउन सकेको छैन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले हत्या भन्ने कुनै शंका नदेखिएको बताए । दैनिक नेपालसँग कुराकानी गर्दै उनले पोष्टमार्टमको रिपोर्ट अझै नआईसकेपनि गलामा पासोको डाम र नाकबाट सिगान प्रष्ठ आएको देखिएकाले कुनै शंका नगरेको प्रष्ट पारे ।

‘सोही बेलुकी चौधरीले होस्टेलका साथीहरुसँग हासो मजाकमा छडको डण्डा ल्याएर सबलाई मार्छु भन्दै’ अभिनय गरेको उनका साथीहरुले बताएका थिए । डिएसपी खड्काले भने– ‘पछि त्यहि डण्डी र सिरकको खोल (लफेरो) टाउकोमा बाधेर बाथरुम छिरेका उनी पछि मृत्य भेटिएको बुझियो ।’

उनी कपिलबस्तु कृष्णनगर घर भएका विद्यार्थी हुन । उनी यसै बर्ष मात्र विद्यालयमा कक्षा ६ मा भर्ना हुन आएका विद्यार्थी हुन । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले घटनाको अनुसन्धान भइरहेको बताए । ‘अभिभावक र प्रहरी आएर सवै कुरा बुझ्नु भएको छ, पोष्टमार्टमको रिपोर्ट पनि आउन बाँकी छ,’ उनले भने ।

प्राचार्य न्यौपानले विद्यार्थीहरु कसैसँग केही झगडा, मनमुटाव त्यस्तो केही नभएको उनले बताए ।