१५ कार्तिक २०८३, आइतबार

मोरङमा मधेसी मोर्चाका चार सय जना युवा संघमा प्रवेश, को-को आए ? (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rangeli-Youth-Force-10

विराटनगर, १५ फागुन । आन्दोलनका क्रममा हिंसात्मक घटना हुन पुगेको मोरङको रंगेलीका चार सय जना मधेसी युवाहरु शनिबार औपचारिक रुपमै युवा संघ नेपालमा प्रवेश गरेका छन् ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल शाखा मोरङले आयोजना गरेको संविधान प्रचार कार्यक्रममा नवप्रवेशी युवाहरुलाई टिका लगाएर केन्द्रीय सचिव एवं पूर्वाञ्चल इन्चार्ज परशुराम बस्नेतले स्वागत गरे ।

Rangeli-Youth-Force-6

तराईमा आन्दोलनरत मधेसी मोर्चा तथा कांग्रेस र एमाओवादीमा आवद्ध रहेका गरी सन्तोष ताजपुरियाको संयोजकत्वमा मधेसका चार सय युवा संगठनमा आएको जिल्ला अध्यक्ष मुकेश बुढाथोकीले बताए ।

चार सय युवाहरुलाई केन्द्रीय सचिव बस्नेतले पालैपालो टिका लगाई स्वागत गरेका थिए । स्वागतपछि आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सचिव बस्नेतले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए । उनले भने-साथीहरु बेलैमा सचेत भएका छन् । यो खुसीको कुरा हो । हाम्रो संगठनमा आउनुभएका साथहरुलाई उचित जिम्मेवारी दिइनेछ ।

Rangeli-Youth-Force-9

उनले केही समयअघि भएको रंगेली घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई चाँडो भन्दा चाँडो क्षतिपूर्ति दिन माग गरे । ‘घटना मधेसी मोर्चाको हठका कारण भएको हो,’ उनले भने- ‘लोकतन्त्रमा युवा संघले कार्यक्रम गर्न पाउनुपर्छ । तर, दुःखद घटना भयो । राज्यले पीडितलाई १० लाख दिएर मात्रै हुँदैन । यो घटनाको पूर्ण जिम्मा मधेसी मोर्चाले लिनुपर्छ ।’ उनले नयाँ संविधानमार्फत मधेसी जनताले अधिकार पाएको भन्दै मधेसी जनतालाई दुःख दिन र शोषित गर्न आन्दोलन भइरहेको दाबी गरे ।

Rangeli-Youth-Force

करिब २५ सय जना सहभागी सभामा युवा संघ प्रवेस गरेका चार सय युवाका तर्फबाट बोल्दै संयोजक सन्तोष ताजपुरियाले मधेस आन्दोलनमा लागेर आफूहरुले गल्ति गरेको बताए । उनले भने- हामीहरु भ्रममा रहेछौं । हामीलाई मधेसी मोर्चाले जुन हिसाबले आन्दोलनमा प्रयोग गर्यो त्यो त हाम्रो टाउको बेचेर सत्तामा पुग्ने खेल रहेछ भन्ने बल्ल थाहा पायौं ।

youth

उनले राष्ट्र र जनताको पार्टी एमाले भएको कुरा प्रधानमन्त्रीको चट्टानी अडानले स्पष्ट पारिसकेको भन्दै त्यसैबाट प्रभावित भएर युवा संघमा आएको बताए । उनले भने- भारत भ्रमणमा प्रधानमन्त्रीले जसरी शिर उचो पार्नुभयो । युवा संघले मधेसमा जसरी भ्रम चिर्ने र मधेसी जनताको आँखा खोल्ने काम गर्यो त्यो कामबाट हामी ज्यादै प्रभावित छौं । यी सबै कुरा थाहा पाउँदा आन्दोलन त सत्ताका लागि गरिएको रहेछ भन्ने लाग्यो ।

स्वागत समारोहमा नेताहरु रवि थापा, रुपेश खतिवडा, सन्तोष शाह लगायतको उपस्थित थियो ।

youth-1youth-2Rangeli-Youth-Force-1Rangeli-Youth-Force-3Rangeli-Youth-Force-2 Rangeli-Youth-Force-5 Rangeli-Youth-Force-7 Rangeli-Youth-Force-8