१५ कार्तिक २०८३, आइतबार

कञ्चनपुरका २ सय ७५ सहिद परिवारलाई शैक्षिक सामग्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saral-kanchanpur-3

महेन्द्रनगर, १५ फागुन । एकीकृत नेकपा माओवादी कञ्चनपुरका सचिवालय सदस्य ओमविक्रम भाट ‘सरल’ले २० औं सहिद सप्ताहको अवसरमा कञ्चनपुरका २ सय ७५ सहिद परिवारलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

saral-kanchanpur-4

५ लाख रुपैयाँ बराबरको व्यक्तिगत लगानीमा सरलले प्रतिपरिवार १ थान स्कूल झोला, १ थान स्कूल डे«स, १ दर्जन कापी र १ थान ज्यामितीय बक्स हस्तान्तरण गरेका छन् ।

saral-kanchanpur-2

सहिद दिवसको अवसरमा कृष्णपुर नगरपालिकाको वालुवाफाँटामा सहिद, बेपत्ता योद्दा परिवार समाज कञ्चनपुरले गरेको सहिद सप्ताह कार्यक्रममा सरलले सहिद परिवारका बालबालिकालाई अध्ययन गर्न सहज होस् भनेर शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताए । सहिद सप्ताह कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै सरलले अक्षयकोष, छात्रवृत्ति र रोजगारीका कार्यक्रम समेत घोषणा गरेका छन् । ‘हरेक वर्ष एसएलसी परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने छात्र र छात्रातर्फ १÷१ जना सहिद र बेपत्ता परिवारका बालबालिकालाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक खर्च व्यहोर्ने घोषणा गर्छु,’ सरलले भने, ‘सहिद र बेपत्ता परिवारका बालबालिकालाई अध्ययन खर्च व्यवस्थापनका लागि आगामी वर्ष २०७३ फागुन १४ गते अक्षयकोष स्थापना गर्ने घोषणा गर्छु ।’

saral-kanchanpur-1

कञ्चनपुरका सचिवालय सदस्य सरलले सहिद र बेपत्ता परिवारका २ जनालाई निजी क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्ने घोषणा समेत गरे । ‘व्यक्तिगत र पार्टीगत रुपमा सहिद र बेपत्ता परिवारलाई सहयोग गर्नुपर्छ,’ सरलले भने, ‘सहिद र बेपत्ता परिवारले आवश्यक सहयोग नपाइरहेको देखेपछि सक्दो सहयोग गरिएको हो ।’ सहिद, बेपत्ता योद्दा परिवार समाज कञ्चनपुरका अध्यक्ष नरेन्द्र चौधरी उल्टौवाको अध्यक्षतामा भएको सहिद सप्ताह कार्यक्रममा एकीकृत नेकपा माओवादी ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहेका थिए ।

saral-kanchanpur

कार्यक्रममा सहभागी सहिद, बेपत्ता परिवारका सदस्यले माओवादी पार्टीले सहिदको सपना पुरा गर्न नसकेको गुनासो गरेका छन् । माओवादी पार्टी विभाजनपछि विभिन्न समूह बनेपछि सहिद परिवारलाई कुन पार्टीतिर जाने भन्ने अन्यौल भएको गुनासो गरिएको छ । कार्यक्रममा बोल्दै ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले सहिदका केही सपना पुरा भएपनि केही पुरा हुने प्रक्रियामा रहेका बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादी आवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।