१५ कार्तिक २०८३, आइतबार

मोरङमा तात्यो एमाले, विराटनगरमा लाख जनता उतार्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

– सुमन घिमिरे
मोरङ, १५ फागुन । नेकपा एमालेले सुरु गरेको तीन महिने जागरण अभियानलाई तीव्रता दिँदै आज मोरङको उर्लावारीमा बिभिन्न टोल कमिटीहरु गठन गरेको छ ।

पार्टी संगठनलाई मजबुत बनाउने उदेश्यका साथ सुरु गरेको जागरण अभियान अन्र्तगत उर्लावारीको वडा नम्बर १ मा टोल कमिटिहरु गठन गरिएको हो । वडा नम्बर १ को आईतवारेमा तुलशा ओझाको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

यस्तै खोर्सानेबारीमा मिरा कार्कीको तथा किसान चोकमा तिर्थ थापाको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटि गठन गरिएको एमालेका क्षेत्रिय अध्यक्ष गंगा बाँस्तोलाले जानकारी दिनुभयो । यसैबीच एमाले उर्लावारी नगर कमिटीको आज बसेको बैठकले फागुन २२ गते विराटनगरमा हुने आमसभाका लागि आर्थिक समिति गठन गरेको छ । बैठकले गंगा खरेलको संयोजकत्वमा ५ सदस्यिय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ ।

एमाले उर्लावारीले तीन महिने जागरण अभियानका अभियन्ताहरुको सक्रियतामा भोलीदेखी प्रत्येक टोलटोलमा विराटनगर जाऔ घरदैलो अभियान कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ । एमाले उर्लावारीले फागुन १९ गते एमालेका केन्द्रिय नेताको प्रमुख आतिथ्यतामा उर्लावारीमा प्रशिक्षण कार्यक्रम समेत गर्ने भएको छ ।

विराटनगरमा हुने आमसभाका लागि उर्लावारीबाट ९/१० वटा बसमा एक हजार बढी कार्यकर्ता लैजाने एमाले उर्लावारीका अध्यक्ष मनोरथ भण्डारीले जानकारी दिनुभयो ।

यस्तै जागरण अभियान अन्र्तगत नै मोरङको इटहरामा पनि आज कार्यकर्ता भेला सम्पन्न भएको छ । इटहरा ७ स्थित सरस्वती उच्च माविको सभाहलमा भएको भेलामा कार्यकर्ताहरुलाई नेपालको संबिधान २०७२ का विशेषताका विषयमा जानकारी गराइएको थियो ।

भेलामा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय लेखा आयोगकी सदस्य मालती सुब्बा, मोरङ क्षेत्र नम्बर १ का सांसद ऋषिकेश पोख्रेल, गंगा डाँगी लगायतले कार्यकर्ताहरुलाई संविधानका बारेमा प्रष्ट पार्नुभएको थियो । सोही कार्यक्रममा संघिय लिम्बुवान पार्टीका क्षेत्रिय सहसचिव खड्ग बेदना एमालेमा प्रबेश गर्नुभएको थियो ।

यस्तै नेकपा एमालेको जागरण अभियान अन्र्तगत नै आज मोरङको टाँडीमा पनि वार्ड कमिटि गठन गरिएको छ । टाँडीको वडा नम्बर २ मा खेमप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय एमालेको वडा कमिटि गठन भएको हो । यस्तै टाँडीकै वडा नम्बर ९ मा छत्रप्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यिय वडा कमिटि गठन भएको छ ।

सोही कार्यक्रममा दुबै वडाका संगठित सदस्य तथा शुभचिन्तकहरुलाई प्रशिक्षण समेत दिइएको थियो । एमाले क्षेत्रिय सदस्य तथा अभियानका अभियान्ता वेदराज भट्टराई र जिल्ला सचिवालय सदस्य मानबहादुर श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । जागरण अभियानको समापनको अवसरमा फागुन २२ गते विराटनगरमा हुने आमसभामा टाँडी गाविसबाट ३ वटा बसमा दुई सय बढी कार्यकर्ता लैजाने गाउँ कमिटिको बैठकले निर्णय समेत भएको छ ।