३१ आश्विन २०८३, शनिबार

तारा बिमान हराउनुको कारण यस्तो हुनसक्छ : प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १२ फागुन । बिहान करिव सवा आठ बजेदेखि हराइ रहेको तारा बिमानका विषयमा अहिले ११ बजेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तारा एयरको बिमान हराइ रहेको सम्भाव्य स्थानमा खोजी गरिरहेका छन् । मुस्ताङका प्रहरी प्रमुख डिएसपी हरिहर योगीले बिमान दुर्घटना भएको सम्भाव्य स्थानहरूमा खोजी कार्य भइरहेको बताए ।

‘मौसम प्रतिकुल भएकोले खोजी र उद्धारमा समस्या भएको छ । सायद बिहान पनि मौसमका कारण तारा एयर हराएको हुनुपर्छ । हामीले मौसमका कारण नै तारा एयर हराएको हो की भने प्रारम्भीक अनुमान गरेका छौँ । बिमान हराउनुको कारण पछि थाहा होला । तर अहिले हामीले मौसमकै कारण हराएको अनुमान गरेका हौँ’, उनले भने ।

हुन पनि नेपाली सेनाको हेलिकप्टर म्याग्दीको रुप्से भन्ने स्थानसम्म पुग्न सकेको छैन । मौसम प्रतिकुल भएपछि सेनाको हेलिकप्टर रुप्से पुग्न नसकेको डिएसपी योगीले बताए । रुप्से आसपासमा बाक्लो कुहिरोले ढाकेको योगीले बताए ।

ताराको बिमान पोखराबाट मुस्ताङ चालक दलसहित २३ जना लिएर बिहान उडान भरेको थियो ।