
– राजन भट्टराई
पोखरा, २१ फागुन । पोखराबाट मुस्ताङका लागि उडान भरेको तारा एयरको सानो बिमान सम्पर्कबिहीन भएको छ ।
पोखराबाट तीन जना चालक दलका सदस्यसहित २१ जना यात्रु लिएर मुस्ताङ उडेको नाइन एन ए एच एच सो बिमान बिहान सवा ८ बजेपछि सम्पर्कबिहीन भएको हो ।
पौने ८ बजे पोखराबाट उडेको बिमान म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कबिहीन भएको पोखराका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । बिमानको खोजी जारी रहेको तारा एयरले जनाएको छ ।















प्रतिक्रिया