३१ आश्विन २०८३, शनिबार

पूर्व राजदूत केभी राजनको खरो टिप्पणी, ‘नेपालमा हाम्रो हस्तक्षेप कहिले थियो ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KV Rajan Indian Dhotiकाठमाडौं, १२ फागुन । नेपालका लागि पूर्व राजदूत केभी राजनले नेपाल–भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्ने आश्यक्ता रहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी ओलीको भ्रमणले समबन्ध सुधारमा केही भूमिका खेलेपनि अझै धेरै गर्न बाँकी रहेको संकेत गरेका छन् ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै पूर्व राजदूत राजनले भने, ‘नेपाल–भारतबीचको सम्बन्ध अहिलेको होइन । यसको लामो इतिहाँस छ । यसलाई कसैले चाहेर पनि बिगार्न सक्दैन । तर केही असमझदारी छन् । ती असमझदारीलाई समयमा सुल्झाउनु नै बेस हुन्छ ।’

नेपाल–भारतबीच अविश्वास देखिएको बताएका पूर्व राजदूत राजनले अझै सम्बन्ध सुधार भइ नसकेको आफूले संकेत पाएको उल्लेख गरे ।

भारतीय पूर्व राजदूत राजनले अगाडि भने, ‘भारतले नेपालमा राजनीतिक हस्तक्षेप गरेकै छैन । फेरि केही विषयमा बोलेन भने किन बोलेन भनेर तपाईहरूले नै आलोचना गर्नु हुन्छ । यो गम्भीर विषय छ । त्यसैले दुबै पक्षले जे गर्दा पनि अलिकति नेपाल–भारतको सम्बन्धलाई पनि ध्यान दिनुपर्छ ।’

उनले भने, ‘नेपालको राजनीतिक विषयमा हाम्रो कहिले हस्तक्षेप थियो ?’ उनले भारतविरुद्ध नेपालमा भएका गतिविधिहरूप्रति पनि चिन्ता जनाएका थिए ।

प्रधानमन्त्री केपी ओली आफ्नो एकसाता लामो भारत भ्रमण सकेर आज स्वेश फर्कने बेलामा नेपालका लागि पूर्व भारतीय राजदूत राजनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भ्रमणबाट खासै आफू आशावादी नदेखिएको संकेत गरेका छन् ।